Skip to toolbar

हिटलर, इन्दिरा अनि अरिंगालहरु

दम्भी शासकहरु हार मान्दैनन् । अतः ओलीले पनि पलभरमै केही न केही बितन्डा मच्चाएरै यो सँविधान ध्वंश पार्ने चलेखल गर्नसक्छन् । उनको नियत या शक्ति केन्द्रको आदेश यस्तै गोचर हुन्छ । अतः उनका हरेक कुकर्मप्रति सजग र सावधान रहौं । जितको जोशमा होस नगुमाऔं । प्रतिगामी भाइसले रुप बदलेर पनि हमला गर्नसक्छ ।

ओलीले हार मान्नेवाला छैनन् । निरंकुश दम्भी शासकले आफ्नै धरातल भासिदा पनि हार मान्दैनन् । रुसी सेनाले बर्लिनलाई चारैतिरबाट घेरीसक्दा पनि बंकरमा लुकेर बसिरहेका नाजी शासक हिटलर आफ्ना सैनिक अधिकारीलाई भन्दैथिए, ‘हवाई आक्रमण गरेर सारा रुसी सेनालाई माटोमा मिलाउ ।’
र्जमनका सैनिक अधिकारीले भने, ‘हेल हिटलर, हाम्रा सबै लडाकु विमान रित्तिए, हामीसँग त्यति फोर्स छैन, जसबाट रुसी सेनासँग लडन सकौं ।’
हिटलर तिलमिलाए अनि भने, ‘तिमीहरु सबै नालायक, सौखीन र कमजोर सेना हौ, लडन नसक्ने नमर्दहरु, मेरो आदेश छ, रुसी सेनामाथि जाइलाग । बर्लिनका सारा जनतालाई युद्ध मैदानमा उतार ।’
हा हा हा । कस्तो भद्दा मजाक । अन्ततः जब रुसी बमले बर्लिन हल्लीयो र हिटलरकै बँकरमा कम्पन हुन थाल्यो, त्यसै दिन विवाह गरेकी प्रेमिका इभासँगै उनले आत्महत्या गरे ।
दम्भी शासकहरु हार मान्दैनन् । अतः ओलीले पनि पलभरमै केही न केही बितन्डा मच्चाएरै यो सँविधान ध्वंश पार्ने चलेखल गर्नसक्छन् । उनको नियत या शक्ति केन्द्रको आदेश यस्तै गोचर हुन्छ । अतः उनका हरेक कुकर्मप्रति सजग र सावधान रहौं । जितको जोशमा होस नगुमाऔं । प्रतिगामी भाइसले रुप बदलेर पनि हमला गर्नसक्छ ।
इन्दिरा गान्धीको उदाहरण लिउँ । जब भारतमा हाइ कोर्टले गान्धीको साँसद पद अवैधानिक ठहर गरिदियो, उनले नैतिकताका आधारमा राजीनामा दिइनन् । बरु छोरा सँजय गान्धीको उक्साहटमा लागीन् । समाजबादी नेता जयप्रकाश नारायण र काँग्रेसकै बागी नेता मुरारजी देशाईले इन्दीराविरुद्ध दिल्लीमा विशाल प्रदर्शन गरे, त्यसबाट आत्तिएकी इन्दीराले आपतकाल ९सँकटकाल० लगाइन् र सारा विपक्षी नेता, कार्यकतालाई जेलमा कोचिन । उनको यो अवैधानिक हर्कतलाई तात्कालीन राष्ट्रपतिले तत्काल सदर गरिदिए, ठिक बिद्याले झैं । प्रम र राष्ट्रपतिको मिलेमतोमा भारतीय लोकतन्त्रको हुर्मत लिइयो । मिडियामाथि अँकुश लगाइयो । मिडियाका अफीसमा सेन्सरको कैंचै चलाउन सुरक्षा अधिकारी नै खटिए, ज्ञानेन्द्रको शासनमा झैं । नस्लबन्दी लागू गरेर पुरुषहरुलाई जर्बजस्ती बन्ध्याकरण गराइयो । गरीबका झुपडीहरु भत्काइयो र त्यहाँ कर्पोरेट टावरहरु बनाइयो । सँजय गान्धीको मारुती कार बनाउन विदेशी पुँजीबादी दलाल भित्रयाइयो र त्यसका लागि राज्यसत्ताको भरपुर दुरुपयोग गरियो ।
अन्ततः इन्दीराको समाजवादी रागवाला सँकटकाल धेरै टिकेन, अर्को चुनावमा काँग्रेसले धुलो चाटयो ।
भारतीय जनताको चेतना र अपार दबाबका कारण त्यहाँको लोकतन्त्र फर्कियो, भारत अहिले भर्खर आजाद भारतको तहमा विकसीत हुँदैछ । तमाम कमजोरीका विच पनि भारतको लोकतन्त्र अहिले आफ्नो नैसर्गिक फ्रेममा छ । यो सुखद हो ।
तर, नेपालको लोकतन्त्र अझै पनि ब्यूह रचनाभित्र जेलीएकै छ । इन्दीराले झैं ओलीले कुनै लिच्चड पाराको निरंक्ुश हर्कत पलभरमै गर्ने र राष्ट्रपतिले सदर गरिदिने हो भने आगामी केही महिना फेरी भिमार्जुन अचार्य र टिकाराम भट्टराईहरुको बहसले मिडिया गर्माउन विवश हुनेछ ।
अतः सर्वोच्चको आजको फैसलाको रक्षार्थ पनि सजग र सावधान होउँ । हिटलर, इन्दीरा र ओली प्रवृत्तिविरुद्ध लोकतन्त्रको झण्डा फहराउँ ।
सरकार गठनको संविधानको धारा ७६ र संसद विघटनको धाराको आन्द्राभूडीँ सबै बाहिरै छताछुल्ल हुनेगरी सर्बोच्चले संविधानको ब्याख्या गरिदिएको छ। जति ईसारा गर्दा जति आदेश गर्दा पनि अटेरा दादागिरी गरिरहन रूचाउने प्रधानमन्त्री र हसहजुर भन्दै ल्याप्चे लगाउनु नै संविधानको कर्तब्य पूरा गरेको भन्ठान्ने राष्ट्रपति भईदिदा अदालतले ३ हात अघिसरेर राजनीति पढाउन बाध्य हुन पर्यो।
नेताहरूलाई शासन गर्न सविधान र कानुनको ज्ञान जीरो हुदोरहेछ भनेर अदालतले कपुरी क खरायो ख पढाईदियो।
हाल टोकियो , जापान
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: