Skip to toolbar

सेवा सुविधा बिहिन गोदावरी न.पा. ४ फुलबस्तीका बासिन्दाहरु

सुदूरन्युज डटकम
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका ४ फुलबस्तीमा आजका दिनसम्म पनि स्थानिय सरकारले चासो नदेखाउदा फुलबस्तीहरुलाई दिनहूँ हुने कामकाजहरुमा सास्थी भएको छ । नगरपालिकाले तोकेको मापदण्ड अनुसारको राजस्व तिरिरहदा नगरपालिकाले स्थानिय बासीहरुलाई सेवा–सुविधाको नाममा दैनिक चार घण्टा उकाली ओराली गर्दैै आनो जिविकोपार्जन गर्नका निम्ति राजधानि अत्तरिया आउनुपर्ने बाध्यता, बिरामी हुदा, भिर बाट लड्दा, रुखबाट खस्दा स्टेचरमा बोकेर ल्याउदा कतिपय सिकिस्त बिरामीहरुको अकालमै ज्यान गएका घटनाहरु धरै नै छन । बिद्यालयको अवस्था पनि त्यतिकै नाजुक स्थितीमा छ । वि.स. २०३२ सालमा स्थापित भगवती प्रा.वि. अहिले सम्म पनि आधारभुत बिद्यालय बनाउन नसक्दा स्थानिय बालबालिकाहरुलाई ५ कक्षा पास गरेपछि धेरै स्थानियहरुले बाख्रा गोठाला लगाउने अलि आर्थिक स्थिती सामान्य रहेका विद्र्याथीहरु केहि सहजपुर खानिडाँडा त केहि अत्तरिया डेरामा बस्ने समस्याहुदा २–३ बर्ष यता स्थानियहरुको संयुक्त सहकार्यमा निजि शिक्षक राखि ८ कक्षा सम्म कक्षा सञ्चालन गरिरहदा थप शिक्षक दरबन्दीको अत्तोपन्तो नभएको कुरा स्थानियले बताए ।
२१ आंै शताब्दीमा उच्चतम प्रयोग हुने प्रविधि संचारको माध्यम प्रयोग गर्नका लागि घरबाट करिब आधा घण्टा हिडेर डाँडामा पुगेर कष्ट गर्नुपर्ने अबस्था छदै छ । खानेपानिको लागि साँझ र बिहान १÷१ घण्टा लाईनमा लागेर पालैपालो पानि भरेर देनिकी चलाउने गदछर्न । जेठ–बैशाकको खडेरीमा भने खानेपानिको लागि कष्टकर जिवन बिताइरहेका छन । विश्व आधुनिक युगका प्रविधिहरुसंग प्रतिस्पर्दा गरिरहदा नगरपालिकामा बसोबास गर्ने बासिन्दाहरु भने आधारभुत आवश्यकताका लागि जुधिरहेका छन ।
जनप्रतिनिधि एक आम बासिन्दा हुदा इत्यादी समस्याहरु जिवनयापन गर्दै आएपनि अहिले भने फिटिक्कै चासो देखाएका छैन्न भन्ने स्थानिय बासि जय धामीले सुदुरन्युज संवाददातालाई बताए ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: