Skip to toolbar

सुदूरपश्चिम स्पोर्टस अवार्ड स् बिवाईसी पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

✍️ सुदूरन्यूज डटकम ५ फाल्गुन २०७७, बुधबार

धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एउटा विधा बिवाईसी पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ।
वर्ष २०७६ मा वर्षभरीको प्रदर्शन र लोकप्रियताको आधारमा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो।
पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नेहरुमा पौडीकी गौरीका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिवलकी सरस्वती चौधरी रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।
दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, लाईफटाईम अचिभमेन्ट अवार्ड विधा प्रायोजक सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र स्पेशल अवार्ड विधा प्रायोजक न्यु सिटी पोली क्लिनिकका सञ्चालक भरत कुँवरले मनोनयन सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा बढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले यो विधालाई प्रायोजन गररे साथ दिएका छन्।
विजेताको घोषणा एसएमएस र फेसबुकमार्फत तथा खेलकुद पत्रकार र र प्रशिक्षकको मतको आधारमा हुनेछ। फेसबुकमा भोटका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाईक गर्न सकिने मञ्चका महासचिव तथा अवार्डका संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए।
मोबाईल एसएमएसका लागि गौरीका सिंहलाई १, अन्जली चन्दलाई २ र सरस्वती चौधरी ३ नम्बर कोड दिइएको छ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी चार विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन्।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: