Skip to toolbar

सभामुखलाई ‘सरी’ भन्दै रावलले लिए राजीनामा फिर्ता

सुदुरन्यूज संवाददाता
२०७८ साउन ८


अत्तरिया ः नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिदै सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन्। रावलले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन्।
आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्। निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई उनले ‘सरी’ भनेका थिए।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: