Skip to toolbar

महामारी नियन्त्रण पहिलो प्राथमिकतामा : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्का

सुदुरन्यूज डटकम २०७८,जेष्ठ १४

(तस्वीर : सपथ ग्रहण गर्दै सुदुरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरु)

धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् ।
शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए । ‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै पक्षसँग मिलेर कोरोना भाइरस महामारी नियन्त्रणका लागि काम गर्छ ।’
उनले कोरोना भाइरस विरुद्धको लडाइमा एकजुट हुन पनि आह्वान गरेका छन् । २०७४ सालमा भएको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ को ख बाट नेकपा एमालेबाट खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनलाई शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि शुक्रबार दिउँसो एमालेबाट सामाजिक विकास मन्त्री बनेका कृष्णराज सुवेदीले पदबाट राजीनामा दिएका थिए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: