Skip to toolbar

भीम रावलस्जसले अरुलाई लडाए,आफु डराए

डिसेम्बर १४ , सन १९५६ मा जन्मेका भिम बहादुर रावल नेपाल को अत्यन्त बिकट अछाम का बासिन्दा हुन ।
डा। भीम बहादुर रावल नेपालका भूत(पूर्व गृहमन्त्री हुन। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन् ्र अछाम(१ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि।सं। २०७४ को आम निर्वाचनमा उनी अछाम बाट निर्वाचित भएका थिए। बि। सं। २०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिए। “अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको” उनले व्यक्त गरेका थिए। खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन् ।
वास्तविक प्रशंसाभन्दा विरोध र आलोचनामा आधारित अभिव्यक्तिहरुमा बढी आकर्षित हुने नेपाली समाजको चरित्र छ । यसैको भरपूर लाभ नेकपा नेता भीम रावललाई पनि प्राप्त हुँदै आएको छ । नेपाली राजनीतिमा रावलले हालसम्म प्राप्त गरेको पद र प्रतिष्ठाले गर्दा उनका अभिव्यक्तिहरु सत्यतथ्यमा आधारित छन वा वकवास हुन् छुट्याउन मुश्किल भइरहेको छ ।आज को बिषम परिस्थिती मा ऊनले खेलेको रोल प्रति नेपाली समाज दुई चिरा भऐको छ । मानौ ऊनि युद्दमैदान मा युद्द सुरु हुदा हतियार सबै बुझाऐर भाग्ने लडाकु हुन ।
ड्ड कसरी उदाय भिम रावल रु
तत्कालीन नेकपा माले हुँदै एमालेमा सक्रिय भई सुदूरपश्चिमको भूगोलमा पार्टीको मूल नेतृत्वमा रही संगठन निर्माण गरेका नेताहरुको गुरु भएको रावलले दाबी गर्दै आएका छन् । विभिन्न सञ्चार माध्यमहरुमा उनी सुदूरपश्चिमका नेताहरुको नामै किटेर उनीहरुलाई राजनीतिक अवसर प्रदान गरेको बताउछन । तर, खासमा इतिहासका तथ्य र प्रमाणले रावलका सबै दावीहरुलाई गलत सावित गर्दै आएका छन् ।
रावलले आफ्नो एक अन्तर्वार्तामा ‘भीमबहादुर कडायतलाई जनमत संग्रहपछि मैले पार्टीमा ल्याएको हुँ । शिक्षक संगठनको अध्यक्ष बनाउन पनि मेरै पहल थियो । मैले नेताहरूसँग सुदूरपश्चिममा मान्छेहरूको कमी छ । उहाँलाई ल्याउनुपर्छ भनेर जोड गरें । त्यसपछि उहाँ वैकल्पिक केन्द्रीय सदस्य हुनुभयो । भन्दै बेला बेलामा दलील पेश गर्दै आएका छन् । रावलको गृह जिल्ला अछामका नेता – कार्यकर्ताहरु रावलको यस्तो दलीललाई झुठो बताउँदै आएका छन् । स्वयं पुराना कम्युनिष्ट नेता भीमबहादुर कडायतले पनि यस पंत्तिकारसंग रावलको दावी झुठो भएको बताए ।
राजनीतिक रुपमा कडायत र रावलको पहिलो भेट २०३६ सालमा अछामको सदरमुकाम मंलगसेनमा भएको हो । कडायत शोडषा मावि मंगलसेनमा हेडमास्टर थिए । बहुदलको पक्षमा शिक्षक संघर्ष समितिको १२ दिने नेतृत्व गर्दै उनी एकाएक चर्चामा आएका थिए ।
भीम रावलले अर्को एउटा प्रसंगमा ‘२०३६ सालमा भीमबहादुर कडायतलाई मैले नै पार्टीमा ल्याएको हुँ’ भन्ने प्रसंग पनि ऐतिहासिक तथ्यसंग मेल खाँदैन । यस प्रसंगमा यस पंत्तिकारको सम्पर्कमा आएका एक पुराना नेताको भनाइमा, विद्यालयको प्रधानाध्यापक भएका बखत कडायत २०३२र०३३ सालतिरबाट काठमाडौंमा एकवर्षे बीएड अध्ययनकै दौरानमा विद्यार्थी आन्दोलनलाई समर्थन गरी प्रगतिशील राजनीतितर्फ आकर्षित भएका हुन् । त्यसपछि उनले जिल्लास्थित शिक्षकहरूको आन्दोलनलाई नेतृत्व प्रदान गरे । २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बने ।
२०३८ साल वैशाख १८ गते तत्कालीन भूमिगत नेकपा मालेको केन्द्रीय सदस्य तथा सेती अञ्चल इन्चार्ज रहेका गोविन्द कोइरालाको पहलकदमीमा अछाममा नेकपा माले डिस्ट्रिक पार्टी एक्टिभ ग्रुप ९म्एब्न्० निर्माण भयो । उक्त ग्रुपमा अधिकांश शिक्षक थिए । गोकुल खनालको संयोजकत्वमा बनेको ग्रुपमा भीमबहादुर कडायत, भवानीप्रसाद उपाध्याय, नन्दराज खनाल, कपुरसिंह कडायत र नरराज खनाल सदस्य थिए । यो ग्रुप सेती महाकालीका नौ जिल्लामा नेकपा मालेको पहिलो कमिटी थियो ।
यसपछि भूमिगत रूपमा संगठन गर्दै अछाममा पार्टी संगठन निर्माणको काम अघि बढेको जानकारी यस सम्बद्ध कार्यकर्ताहरू बताउने गर्छन् । त्यसो त यस दौरानमा युवराज ज्ञवाली, र सुरेश कार्की जस्ता तत्कालीन मालेका नेताहरूको समेत राजनीतिक परिचालन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको सम्बद्ध जानकार स्रोतको भनाइ छ ।
शिक्षक आन्दोलनका क्रममा कडायतसहित सहित १४ जना शिक्षकहरूले राज्यको प्रतिशोधका बढेपछि शिक्षण पेसा छाडनु परेको थियो । २०४२ सालमा कडायत कम्युनिष्ट राजनीतिमा पूर्णकालीन रुपमा होमिइसकेका थिए । २०४६ सालको जनआन्दोलनमा तत्कालीन नेकपा मालेबाट अछाममा २ जनामात्र जेल परेका थिए । एउटा कडायत थिए भने अर्का विद्यार्थी नेता कमल तिमिल्सेना । जबकि नेपाली कांग्रेसबाट ४५ जना जेलमा थिए ।
साभारः इपाना नेपाल
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: