Skip to toolbar

पीएम कपमा सुदूरपश्चिमविरुद्ध टस हारेर बागमती ब्याटिङमा उत्रियो

सुदूरन्युज
५ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल अहिले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको छ ।
समूह ए अन्तर्गत खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि बागमती पहिले ब्याटिङ गरिरहेको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार जित हात पार्ने लक्ष्यमाछ।
बागमतीले आज अरियो पौडेलको स्थानमा विपिन बचार्यलाई पहिलो रोजाइमा खेलाएको छ । सुदूरपश्चिम को यो प्रतियोगितामा पहिलो खेलको रुपमा खेल्दैछ ।
यो समाचार तयार पार्दासम्म बागमतीले ३० ओभर खेल्दै ३ विकेट गुमाएर १६९ रन बनाएको छ । पृथु बासकोटा ६२ र इसन पाण्डे समान ० रन बनाएर खेलिरहेका छन् ।
यस्तै मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ मा रहेका गण्डकी र प्रदेश १ खेलिरहेका छन् । खेलमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो भने प्रदेश १ पहिलो खेल खेलेर १०३ को झिनो लक्ष्य गण्डकी लाई दिएको छ ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: