Skip to toolbar

पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि बिष्टको उम्मेदवारी

✍️ सुदुरन्यूज डटकम संवाददाता १४ चैत्र २०७७, शनिबार

डडेल्धुराः नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि पत्रकार उत्तर बिष्टले उम्मेदवारी दर्ता गराएका छन्। उनले महासंघ केन्द्रीय समितिको चैत २५ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
शनिबार बिष्टले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
निर्वतमान केन्द्रीय सदस्य समेत रहेका विष्ट विगत डेढ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील रहेका छन्। उनी डडेल्धुराबाट प्रकाशित हुने डडेल्धुरा पोष्ट दैनिक र रंगुन दपर्ण साप्ताहिका प्रकाशकरसम्पादक हुन्।
यसका साथै उनी रेडियो युनिटीमा स्टेशन म्यानेर, युनिटी खबरका सम्पाकद र न्यूज २४ मा जिल्ला संवाददाताको रूपमा आवद्ध रहेका छन्। पहिलो पटक प्रत्यक्ष रुपमा भइरहेको निर्वाचनमा सम्पूर्ण मतदाता आमपत्रकारहरूबाट सहयोगको अपेक्षा गरेको उनले बताए।
विगतमा आधा कार्यकाल केन्द्रीय सदस्य हुँदा पनि सुदूरपश्चिमका पत्रकारहरुका सवालमा आवाज उठाएको र आगामी दिनमा पनि पत्रकारहरुको हकहितमा लडिरहने उनले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: