Skip to toolbar

नेपाल लाइफसहित तीन बीमा कम्पनीलाई ७२ घण्टे पत्र

काठमाडौं । बीमितसँग गरेको करार बमोजिम समर्पण मूल्य दिन इन्कार गर्ने नेपाल लाइफसहित तीन ठूला जीवन बीमा कम्पनीलाई बीमा समितिले पत्र काटेको छ । समितिले नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई पत्र काटेको हो ।
बीमितले करार बमोजिम बीमा पोलिसी सरेण्डर गर्न तथा ऋण लिन खोज्दा बीमा समितिको असार २३ गतेको जीवन बीमालेख सम्बन्धी निर्देशिका बमोजिम भन्दै नेपाल लाईफ, एलआईसी नेपाल र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लगायतका जीवन बीमा कम्पनीहरुले इन्कार गरेका थिए ।
बीमा समितिको निर्देशिकाको अपव्याख्या गर्दै आफूखुशी पुरानो मितिका जीवन बीमा पोलिसी र सोमा उल्लेख भएको करारका शर्त बिपरित हुने गरी ऋण लिन तथा सरेण्डर गर्न नपाएपछि बीमितहरु भटाभट बीमा समितिमा पुगेका थिए । बीमा समितिले सोही उजुरीको आधारमा आफूहरुलाई पत्र काटिएको जीवन बीमा कम्पनीहरुले जनाएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार हिजो बीमा समितिले पत्र पठाएर तीन दिनभित्रमा करार बमोजिम बीमितलाई सुविधा किन उपलब्ध नगराएको हो रु भन्दै सोधेको छ । स्रोतका अनुसार कारणसहित जवाफ पठाउन भनिएको छ । त्यस्तै व्यहोराको पत्र एलआईसी नेपाल र नेशनल लाइफलाई समेत आएको ति कम्पनीका उच्च अधिकारीहरुले जनाएका छन् ।
कम्पनीहरुले बीमितसँग गरेको करार उल्लंघन गर्दै बीमितलाई समर्पण मूल्यका लागि तीन वर्ष पुग्नै पर्ने नियम लगाएपछि यतिबेला यो विषय बीमा समिति, बीमा कम्पनी, बीमा अभिकर्ता र बीमितहरुका बीचमा चर्कोे बहस बिषय बनिरहेको छ ।
यद्यपि ऋण लिने कुरालाई बीमा कम्पनीहरुले सामान्य रुपमा लिएपनि दुइ वर्ष पुग्ने बित्तिकै सरेण्डर गराएउने कार्यमा केही बीमा अभिकर्ता कमाउ धन्दाका साथ संलग्न रहेको भन्दै बीमा कम्पनीहरु सशंकित बनेका छन् । दुई वर्षमा जीवन बीमा पोलिसी सरेण्डर गर्दा बीमा अभिकर्ता मालामाल हुने भएपनि बीमा कम्पनी र बीमित दुवैलाई घाटा हुने गर्दछ ।
साभारः बिमा पोष्ट
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: