Skip to toolbar

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले दोस्रो वार्षिकोत्वसका अवसरमा नेपाल स्नेही काखलाई ३ लाख सहयोग

फागुन २१, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सेवा शुरुवातको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल स्नेही काखलाई शुक्रवार ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त अवसरमा सो सहयोग रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेल लाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा कम्पनीका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियोे ।
मानसिक एवं शारीरिक रुपमा असक्त एवं समाजबाट अवहेलनामा परेका बालबालिका, युवायुवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवाससहित हेरचाह गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिइरहेका छन् ।
कम्पनीले प्रदान गरेको उक्त रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: