Skip to toolbar

नवदुर्गामा पहिलो पटक एमवीवीएस डाक्टरद्धारा सेवा विस्तार

हेमराज अवस्थी १४ चैत्र २०७७

डडेल्धुरा/ डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाडाँवनमा चिकित्सकिय सेवा शुभारम्भ भएको छ। शनिबार गाउँपालिकाका अध्यक्ष कवीन्द्र बिष्टले चिकित्सकिय सेवाको शुभारम्भ गरेका छन।
नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्य चौकिबाट चिकित्सकिय सेवाको शुभारम्भ गरेको गाउँपालिकाले जनाएको छ। चिकित्सकिय सेवा शुभारम्भ पश्चात यहाँका बिरामीहरूलाई सहज हुने गाउँपालिका अध्यक्ष कवीन्द्र बिष्टले बताए। उनले नवदुर्गा र गन्यापधुरा गाउँपालिकाका बिरामीहरूलाई सहज हुने बताए।


नवदुर्गा स्वास्थ्य चौकिबाट आजदेखि निरन्तर एमवीवीएस डाक्टर प्रभाकर यादवले बिरामीको चेकजाँच गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा उपसंयोजक दिपेन्द्र बिष्टले बताए। उनका अनुसार गाउँपालिकामा पहिलो पटक एमवीवीएस डाक्टरले स्वास्थ्य सेवा दिन थालिएको हो।
उनी स्वास्थ्य चौकीबाट भिडियो एक्सरे, प्रयोगशाला जाँच र एक्सरे लगायतका सेवा प्रदान गरिने बताउँछन्। गाउँपालिकाले नवदुर्गामा १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ। स्थानीय स्तरमै एमवीवीएस डाक्टर पाएपछि उपचारका लागि जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता हटेको भन्दै स्थानीय हर्षीत हुदै स्थानिय सरकार भएको अनुभुति समेत गरेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: