Skip to toolbar

धनगढीमा माइन्ड एण्ड मेमोरी पावर सम्बन्धी एक दिने तालीम सम्पन्न

सुदुरन्युज डटकम
धनगढी – कैलालीको धनगढीमा एक दिने माइन्ड एण्ड मेमोरी पावर सम्बन्धी तालीम आयोजना गरिएको छ ।
त्रिनयन कैलाली र जयआर्यमा एजुकेसनले संयुक्त रुपमा एक दिने तालीमको आयोजना गरेका हुन । तालीममा धनगढी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधि तथा युवा व्यवसायीहरुको सहभागीता रहेको थियो ।

यस कार्यक्रमका सभापति त्रिनयन संस्थाका अध्यक्ष जय धामी र कार्यक्रम सञ्चालक रोहित चन्द थिए ।
परिस्थीति होईन मनस्थिति परिवर्तन गरौ’ भन्ने मुल नाराका साथ आयोजित तालीममले विद्यार्थीहरुले सिस्टमले पढ्दा कति सजिलो हुन्छ र जिवन जिउने सहज तरिका थाहा नभएर जिवनलाई कष्टकर बनाईरहेका बेला सहज रुपमा मानिसहरुलाई दैनिक सञ्चालन गर्न सक्ने बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने आयोजक त्रिनयनका अध्यक्ष धामीले जानकारी दिए । उनले युग अनुसार सैद्धान्तिक शिक्षा सँगसँगै व्यवहारीक शिक्षा प्रणालीलाई जोडी आफ्नो घर, समाज र राष्ट्रलाई समुन्नत बनाउने लक्ष्यका साथ तालीमको आयोजना गरिएको बताए ।
उनका अनुसार तालीमका सहभागीहरुलाई स्मरण शक्ति बढाउने तरिका, कन्सन्ट्रेट कसरी बढाउने भन्ने बारे, परिक्षामा कसरी राम्रो नम्बर ल्याउने, कुनै पनि भाषाको गाह्रो शब्दहरु कसरी याद गर्ने, जिवनमा सफलता कसरी पाउने, घरपरिवार सँग सुमधुर सम्बन्ध कसरी राख्ने लगायतका विषयमा प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
तालीमको प्रशिक्षकका रुपमा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति डा.नवल परियार रहेका थिए ।
उनले एक मिनेटमा ५४ वटा वस्तुहरुको क्रम समरण गरी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाईसकेका छन ।
कार्यक्रम धनगढीको रुवस होटलमा सम्पन्न भएको थियो ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: