Skip to toolbar

धनगढीका साइकल यात्रीको टोली बडिमालिका पुग्यो

७ भाद्र २०७८ सुदूरन्युज संवाददाता

अत्तरिया – धनगढीका साइकल यात्री बाजुराको बढिमालिका सफलतापुर्वक पुगेका छन् । समुन्द्र सतहबाट ४ हजार २ सय मिटरको उचाईमा रहेको सुदूरपश्चिमकै महत्वपूर्ण शक्तिपीठ बडिमालिकाको साइकल यात्रा गरिएको यो पहिलो पटक हो । साईकल यात्री भरतविक्रम शाहको नेतृत्वमा ११ सदस्यीय टोलीले बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको हो । ८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भएपनि सफलतापूर्वक यात्रा पूरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको साइकल यात्री शाहले बताए । आन्तरिक र बाह्य पर्यटकहरूलाई बडिमालिकामा आकर्षण गर्न साईकल यात्राले उत्प्रेरित गर्ने बताउदै शाहले धार्मिक र एडभेञ्चर पर्यटनका लागि बडिमालिका सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य भएको बताए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: