Skip to toolbar

त्रिदेशीय कप फुटबलमा बंगलादेशको विजयी शुरुवात

सुदूरन्युज डटकम

१० चैत, काठमाडौं । बंगलादशले मंगलबारदेखि शुरु भएको त्रिदेशीय कप फुटबलमा विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले किर्गिस्तानको ओलम्पिक टिमलाई १–० ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बेइमनले आत्मघाती गोल गर्दा बंगलादेशले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा आत्मघाती गोलको मद्दतमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशका फरवार्ड साद उद्दिनको क्रस गरेको बलमा किर्गिस्तानका कुमारबाज उलु बेइमानले आफ्नै पोष्टमा गोल गरे । उनले क्लियर गर्ने प्रयास गर्दा बल आफ्नै पोष्टमा गोल भयो । किर्गिस्तानका कप्तान समेत रहेका गोलकिपर तोकोताएभ एर्जानले बल रोक्ने अवसर नै पाएनन् । फरवार्ड मेहदी हसन तथा डिफेण्डरद्वय रिमोन होसेन रहबीबुर रहमान सोहागले पहिलो पटक बंगलादेशी टिमबाट खेलेका थिए । नियमित कप्तान जमल भुईयन सोमबार मात्रै नेपाल आएकाले मंगलबार उनले दोस्रो हाफमा मात्र खेले । उनको अनुपस्थितिमा सोहेल रानाले ५५ मिनेटसम्म बंगलादेशको कप्तानी गरेका थिए । दोस्रो हाफमा बंगलादेशले गोलको अवसर पाएपनि फिनिसिङ गर्न सकेन । पहिलो हाफमा बंगलादेश हाबी बनेको थियो । इन्जुरी समयको अन्त्यतिर किर्गिस्तानका तासिएभ कामोलिदिनले फ्रि हेडरमा गोल गर्न सकेनन् । बंगलादेशको राष्ट्रिय टिमले किर्गिस्तानलाई पहिलो पटक हराएको हो । यसअघि दुई देशको सिनियर टिमबीच चार खेल भएकोमा चारै खेल किर्गिस्तानले जितेको थियो । पहिलो खेल जित्दै बंगलादेश फाइनल नजिक पुगेको छ । तीन टिमबीच सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आयोजना गरेको यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: