Skip to toolbar

कोरीयावाट फर्केर वालपेपर एण्ड होम डेकोर व्यवसाय सञ्चालन गर्दै:जोशी

हेमराज अवस्थी २८,फागुन , २०७७बिहीबार

धनगढी,२८ फागुन । धनगढीमा ३० लाखको लगानीमा धनगढी वालपेपर एण्ड होम डेकोर सञ्चालनमा आएको छ । पहाड बझाङ र हाल कञ्चनपुरको बेल्डाँडी गाँउपालिका २ का धर्मराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपूरमा होम डेकोरको ब्यबसाय सञ्चालनमा ल्याएका हुन् ।

१० बर्ष कोरियामा काम गरेर २ महिना अघि स्वदेश फर्किएका जोशीले अहिले ठुलो लगानीमा सुदुरपश्चिममा पृथककिसिमको कार्यमा लागेका हुन्। लामो समय बिदेशको बसाईपछि स्वदेशमै केहि गर्ने र नेपाली युवाहरुलाई नेपालमै उद्यमशिलतामा जोडिने उत्प्रेरणा मिल्नेकिसिमको यो व्यवसायलाई रोजेको हुँ, जोशीले भने ‘अहिले घर, अफिस, होटल, रेस्टुरेन्ट लगायतमा पेन्टिङ भन्दा सस्तो अनि सुन्दर सजावटमा वालपेपर प्रयोग गर्ने चलन बढिरहेको छ, यस क्षेत्रका लागि यो ब्यवसाय नयाँ र राम्रो डिमाण्ड रहेकोले यो ब्यवसाय छनोट गरे ।’
अहिले सुदूरपश्चिममा काठमाडौबाट अडर गरेर रेस्टुरेन्ट,होटल,अफिस होम डेकोर गर्ने गरेका छन् । अब काठमाडौ तथा अन्य तिरबाट वालपेर तथा होम डेकोरका लागि पुग्नु पर्दैन वालपेपरको मुख्य विषेशता भित्ता आकर्षक देखाउनु नै हो, जोशीले भने ुअनुभवीहरुबाट राम्रो ब्राण्डको वालपेर लगाउदा घरको कोठाको सुन्दरता बढ्छ ।, भने अर्को तिर पेन्टिङलगाउदा फोहोर हुन्छ,कहिले काहिँ केरमेट हुँदा पनि पुरै घरको पेन्टिङ लगाउनु पर्ने हुन्छ ।
वालपेपर भन्दा पेन्टिङ महङ्गो हुने गरेको जोशीको भनाई छ । सुदूरपश्चिम समाज कोरियाका पुर्व अध्यक्ष तथा एनआरएनका केन्द्रिय सदस्यसमेत रहेका जोशीले बिदेशमा कमाएको रकम स्वदेशमा नयाँ केही न केही काम गर्नु पर्छ भन्ने सोच रहेको बताए ।वालपेपरमा विभिन्न रङ, बुट्टा तथा विभिन्न प्रकारमा पाइन्छ। हामीकहाँ सामान्यतया इँटा, ढुंगा, काठ, मार्वल, जीव–जनावर, प्राकृतिक दृष्यलगायत एक सयभन्दा बढी प्याटर्न बुट्टा भएका रेडिमेड वालपेपर उपलब्ध रहेको जोशीले प्रष्टपारे । २ महिनाका लागि धनगढीमा लगाउने वालपेपर रकम र अन्य जिल्लामा लगाउने रकम एउटै रहेको उनको भनाई छ । कोरियन ब्राण्डको वालपेपर जो १० बर्षसम्मको वारेन्टी रहेने जोशीको भनाई छ । आफुले यो व्यवसायको वारेमा कोरियामा वस्दा रिसर्चगरिसकेको र यो पेन्ट भन्दा गुणस्तरिय एवं सस्तो पर्ने समेत बताए ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: