Skip to toolbar

कैलालीको गोदावरी नगरपालिका ३ को वडा कार्यालय सचिवविहीन

धनगढी– कैलालीको गोदावरी नगरपालिका ३ को वडा कार्यालय सचिवविहीन बनेको छ।
वडा कार्यालयमा कार्यरत सचिव हिम्मत बहादुर साउदको सोही नगरपालिकाको वडा नम्बर १० को कार्यालयमा सरुवा भएपछि सो वडा सचिवविहीन बनेको हो। वडा कार्यालयमा सचिव नहुँदा काम प्रभावित भएको त्यहाँका स्थानीयले गुनासो गरेका छन्।
कार्यालयमा ११ दिनेदखि वडा सचिव नभएको र वडा नम्बर १० को कार्यालयका सचिव गोविन्द राज जोशी ३ नम्बर वडा कार्यालयमा आउने वडाध्यक्ष मोहन खत्रीले बताए। “१० नम्बर वडाका सचिव यताको वडामा आउँछन्। उनी बिरामी भएर अस्पताल भर्ना भएको भन्ने कुरा सुन्नमा आएको थियो, मेरो उनीसँग कुरा भने हुन पाएको छैन,” उनले भने।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
%d bloggers like this: